काठमाडौँ – अर्थमन्त्री बर्षमान पुनले बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।


ADVERTISEMENT


आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अर्थमन्त्री पुनले योजना आयोगले तोकेको १८ खर्वको सिलिङभित्र नै बजेट निर्माण कार्य अन्तिम चरणमा पुगको बताएका हुन् । कुनै मन्त्रालयले दबाब दिएको वा हस्तक्षेप गरेको विषयमा सत्यता नभएको उनले बताए ।


ADVERTISEMENT

# # #


त्यस्तै मन्त्री पुनले संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसदबाटै शान्तिपूर्ण रुपमा बजेट प्रस्तुत गर्ने तयारी भएको भन्दै प्रतिपक्षी दलले सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले प्रतिपक्षी दलले उठाएका मागलाई सम्बोधन गर्ने गरी सरकारले छलफल अघि बढाइसकेको अवस्थामा आन्दोलनलाई निरन्रतता दिनु जायज भएको बताए ।

मन्त्री पुनले संसदमा निरन्तर अवरोध गर्नु लोकतन्त्रका लागि शोभनिय बिषय नभएको प्रतिक्रिया दिए ।