काठमाडौँ – उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले न्युरोडमा फुटपाथ बढाउने काठमाडौं महानगरको कदम कानुनसम्मत नभएको बताएका छन् ।


ADVERTISEMENT


आइतबार संसद भवन सञ्चारकर्मीसंग कुरा गर्दै महासेठले सडक विभागमा धुलो खन्याउने कदमप्रति कुनै गुनासो नभए पनि न्युरोडमा फुटपाथ बढाउने नाममा सार्वजनिक बाटोको चौडाइ घटाउने काम कानुनसम्मत नभएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


कानूनसम्मत नभएकै कारण सडक विभागले त्यसलाई रोकेको उनले बताए । महानगर प्रमुख बालेन शाहले कलंकी–महाराजगन्ज सडकको बिषयमा उठाएका विषय सकारात्मक भएको भन्दै उनले त्यसप्रति कुनै आपत्ती नभएको धारणा राखे । महानगरको कदमप्रति सरसल्लाह भइरहेको उनको भनाइ छ ।

कलंकी–महाराजगन्ज सडक निर्माणका लागि आन्तरिक स्रोतबाट पनि बजेट व्यवस्थापन गरिएको उनले जानकारी दिए । कलंकी–महाराजगञ्ज सडक विस्तार सुस्त भएको र त्यसका कारण जनतालाइ समस्या भएको भन्दै महानगरले विरोध स्वरुप शनिबार मिनभवनस्थीत सडक विभागमा एक ट्रक धुलो खन्याएको थियो ।