काठमाडौं-मंगलबार राति ताइवानमा गएको भूकम्पबाट ७ जनाको मृत्यु भएको छ । ६.६ म्याग्निच्युडको भूकम्पबाट सयभन्दा बढी व्यक्ति हराइरहेका छन् । स्थानीय समयअनुसार राति ११ः५० मा उक्त भूकम्प आएको थियो । भूकम्पको केन्द्रबिन्दु देशको पूर्वी शहर हुआलिनबाट १२ किलोमिटर टाढा समुद्रमा रहेको जानकारी दिइएको छ ।


ADVERTISEMENT


निकै शक्तिशाली झट्का महसुस गरिएको स्थानीय बासिन्दाले बताएका छन् । ताइवान सरकारले राष्ट्रिय दमकल एजेन्सीलाई उद्धृत गर्दै एउटा होटेल भत्किएको जनाएको छ । अन्य होटेल पनि क्षतिग्रस्त भएको सरकारले जनाएको छ ।


ADVERTISEMENT

# # #


भूकम्पपछि ७६ जना हराइरहेका छन् । २५६ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । साथै युनमेन नामक एक व्यापारिक भवनमा १४३ जना च्यापिएर रहेका छन् । उक्त व्यापारिक भवन आंशिक रूपमा भत्किएका कारण नागरिक भवनको चेपुवामा परेका छन् ।

उनीहरुलाई उद्धारका लागि ठूलो संख्याका प्रहरीले प्रयास जारी राखेका छ । अधिकारीहरूले भूकम्पपछिको उद्धारका लागि ठूलो संख्यामा सेना र प्रहरीसहितका उद्धारकर्मी खटाइएको बताएका छन् । त्यस भूकम्पले ठूलो भौतिक क्षति पुर्याएको अनुमान छ । तर अहिले उद्धार कार्य जारी रहेकाले क्षतिको पूर्ण विवरण प्राप्त हुन सकेको छैन ।

ताइवानमा यतिखेर विदेशी पर्यटकहरू जाने मौसम हो । त्यसैले भूकम्पमा पर्यटकहरू पनि परेको अनुमान गरिएको छ । अहिलेसम्मको सूचनाअनुसार पाँचजना विदेशी पर्यटक घाइते भएका छन् । उक्त भूकम्पपछिका कैयौँ परकम्पहरूका कारण नागरिकको जनजीवन अस्तव्यस्त भएको छ । उनीहरू रातभर घरबाहिर सडक तथा खाली चौरमा जम्मा भएर बसेका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र भिडियोहरूमा थुप्रै भवनहरू क्षतिग्रस्त भएको भेटिन्छन् । विशाल भवनका झ्याल र भित्ता फोरेर उद्धारकर्मीले घाइतेलाई निकालिरहेका छन् । ठाउँ ठाउँमा विद्युत् आपूर्ति बन्द भएको भने सडक मार्ग पनि बन्द भएको छ । जापानको विदेश मन्त्रालयले नौजना जापानी घाइते भएको जानकारी दिएको छ ।

यसैगरी ६ जना चिनियाँ नागरिक घाइते भएको पिपल्स डेलीले जनाएको छ । ताइवानी राष्ट्रपति साई इङ वेनले बुधबार हुलियान शहरमा पुगेर उद्धारकार्यलाई प्रभावकारी बनाउन आग्रह गरेकी छन् । सन् १९९ मा गएको भूकम्पबाट दुई हजार तीन सय ताइवानी मारिएका थिए ।