काठमाडौं-दुध बोक्ने ट्यांकर त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ । नारायणगढ मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका २९ स्थित गाईघाटमा बिहिबार बिहान साढे ५ बजे कन्टेनरसँग ठोकिएको ट्याङ्कर त्रिशूलीमा खसेको थियो ।


ADVERTISEMENT


नारायणगढबाट पोखरा जाँदै गरेको बा ४ ख ६९५३ नम्बरको दुध बोकेको ट्यांकरलाई विपरीत दिशाबाट आएको ना ७ ख ४३१४ नम्बरको कन्टेनरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


ट्यांकर सडकबाट एक सय मिटर तल त्रिशूली नदीमा खसेको चितवन प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ट्यांकर चालक र सहचालक छन् । चालक नवलपरासीका सन्तकुमार कुमालको सनाखत भए पनि सहचालकको हुन नसकेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयको सहयोगमा शव निकालिएको थियो ।