काठमाडौँ – अर्थमन्त्री वर्षमान पुनले विधुतिय सवारीसाधानमा लगाइएको कर व्यवहारिक रहेको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


मंगलबार राष्ट्रियसभामा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री पुनले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन र इन्धनको आयातको भन्सारबाट चालू आर्थिक वर्षमा कम्तिमा ४० अर्व राजस्व गुमेको भन्दै विधुतिय सवारीसाधानको आयातमा १० प्रतिशत कर बृद्धि गर्ने निर्णय व्यवहारिक रहेको बताएका हुन् । उनले विद्युतीय सवारी साधानको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारको नीति कायमै रहेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न बजेटले उच्च प्राथमिकतामा दिएको भन्दै उनले कार्बन उत्सर्जन गर्ने वस्तुहरुमा हरित कर सुरु गरिएको बताए । उनले अतिकम विकसित मुलुकबाट विकसित मुलुकतर्फ नेपाल अघि बढिरहेको अवस्थामा अनुदान घट्दै जानु र ऋण बढ्दै जानु स्वभाविक रहेको धारणा राखे । अर्थमन्त्री पुनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न आलु प्याज र स्याउ लगाएतका फलफूलमा कर हटाइएको जानकारी दिदै विदेशबाट आयात गर्ने वस्तुहरुमा कर कायमै रहेको बताए ।

उनले विगतका वर्षमा गरिएका आर्थिक सुधारका विषयलाई निरन्तरता दिएको र मुलुकभित्रै रोजगारीको सिर्जना गर्दै अर्थतन्त्रलाई मजबुद बनाइने उल्लेख गरे । उन क्षेत्रलाई प्रवद्र्धन गर्ने गरि सरकारले नीतिहरु अघि बढाउने उनको भनाइ छ ।

बजेट अनुसार नै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरि मौदीक नीति आउने उनले बताए । त्यस्तै अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेट उत्पादनमूखी र बस्तुपरक रहेको दाबी गरे ।