काठमाडौँ – विदेशमा छपाइ हुने सुरक्षण मुद्रणसम्बन्धी काम स्वदेशमा नै गर्नका लागि लागि ल्याएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रस्तुत गरेको सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।
बैठकमा विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै सञ्चारमन्त्री शर्माले विदेशमा छपाइ हुने सुरक्षण मुद्रणसँग सम्बन्धित बैँकका नोट, राहदानी, हुलाक टिकट, स्टिकरलगायत सुरक्षण मुद्रणसँग सामग्री स्वदेशमै छपाई गर्न विधेयक ल्याएको जानकारी दिए ।
स्वदेशमै छपाइ गर्न सकिए सुरक्षाको दृष्टिकोणले उचित हुने र वैदेशिक मुद्रा बाहिरिन नपाउने उनको भनाइ छ ।
विधेयकका छलफलका क्रममा आएका कतिपय विषयहरुलाई पनि विधेयकमा राखिएको उनको भनाइ छ ।



























































