काठमाडौँ – प्रहरीले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै उक्त सहकारीका अध्यक्ष तेजविक्रम थापासहित व्यवस्थापक सजना राजकर्णिकार र सदस्यहरु भिमसेन महर्जन र सञ्जय सापकोटालाई सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


सहकारीले बचतकर्ता सदस्यहरुको रकम फिर्ता नगरेको भनी उजुरी परेपछि सहकारी विभागले प्रहरीलाई पत्र पठाएको थियो । प्रहरीले अनुसन्धान गर्दा उक्त व्यक्तिहरु फरार रहेकामा जेष्ठ ३१ गते काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गर्न सफल भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

उक्त सहकारीबाट २ हजार ५ सय ३१ बचतकर्ता पीडित भएको देखिएको र २ अर्ब ८० करोड निक्षेप रहेको प्रारम्भीक अनुसन्धानबाट देखिएको उनले बताए । जसमध्ये ५ सय ६६ जनाले रु ९४ करोड २३ लाख ४२ हजार ठगी गरेको उजुरी प्राप्त भएको भट्टराइले बताए ।

पक्राउ परेकामध्ये थापा कृषि टेलिभिजन र गोर्खा टेलिभिजनका अध्यक्ष समेत हुन् । प्रहरीलाइ झुक्काउनका लागि उनले अर्के नाममा टेलिभिजनको परिपत्र समेत बनाएको प्रहरीले जनाएको छ ।