काठमाडौँ – हिमालयन बैँक लिमिटेडले सिभिल बैँकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी काठमााडौँ महानगरपालिका वडा नं-११, थापाथलीबाट बैँकङ सेवा सुरु गरेको छ ।


ADVERTISEMENT


बैँकले आइतबारदेखि थापाथली शाखाको नामबाट सम्पूर्ण बैँकिङ सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन बैँकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले बैँकका अन्य कर्मचारीहरुको उपस्थितिमा गरेका हुन् ।


ADVERTISEMENT

# # #


यसैगरी बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका वडा नं १ मेन रोड नारायणगढबाट आज मिति २०८१ साल आषाढ २ गते देखि मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैँकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको छ ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६ हजार ५०० भन्दा बढी पीओएस टर्मिनल र १७ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैँकिङ सेवा प्रदान गर्दै आएको छ ।