काठमाडौँ– कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र संघीय संसद सचिवालयका आन्दोलनरत कर्मचारीहरुबीच छलफल भइरहेको छ । छलफल संघीय संसद भवन नयाँबानेश्वरमा जारी छ ।
छलपलमा कानूनमन्त्री मन्त्रीसहित संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, राष्ट्रियसभाका सचिव र एमाले सचेतक सुनिता बराल संवादमा जुटेका छन् ।
संघीय संसद सचिवालयका कर्मचारीहरु अतिरिक्त समयमा काम गरेको पारिश्रमिक र भत्ता वृद्धिको माग गर्दै ११ बुँदे मागसहित आन्दोलनमा छन् ।
समस्या समाधान पहलका लागि आइतबार बिहान मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गिरीको नेतृत्वमा समिति बनाएको थियो । समितिमा अर्थ मन्त्रालयका सचिव र संघीय संसदका महासचिव सदस्य छन् ।
समिति र कर्मचारी प्रतिनिधिबीचको वार्ताका कारण आज बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक झण्डै एक घण्टा ढिला सुरु भएको छ ।



























































