काठमाडौँ – तलब, अतिरिक्त भत्ता लगायतका सेवा सुविधा वृद्धिको माग गर्दै आन्दोलतरत संघीय संसद् सचिवालयका कर्मचारी र सरकारबीच सहमति भएको छ ।


ADVERTISEMENT


सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनबीच भएको छलफलपछि सहमति जुटेको हो । जसअनुसार दुई पक्षबीच ७ बुँदे सहमति भएको छ ।


ADVERTISEMENT

# # #


सहमति अनुसार अब संघीय संसदका कर्मचारीको आवास भत्ता, शैक्षिक भत्ता र खाजा खर्च बढ्ने भएको छ । संसदका राजपत्रांकित कर्मचारीको मासिक ३ हजार ५ सय र राजपत्र अनङ्कित कर्मचारीको लागि मासिक ३ हजार आवास भत्तामा वृद्धि गर्ने सहमति भएको छ ।

यस्तै कर्मचारीलाई प्रदान गरिँदै आएको शैक्षिक भत्तामा मासिक ३ सय रुपैयाँ वृद्धि भएको छ । यस्तै अतिरिक्त काम लगाएवापतको खाजा खाना खर्चमा समेत दैनिक १ सय रुपैयाँले वृद्धि गरिएको छ । कर्मचारीको मागहरुमा सरकार पूरा गर्नतर्फ अग्रसर भएसँगै कर्मचारीले आन्दोलन स्थगित गर्ने भएका छन् भने कर्मचारीको मागलाई क्रमशः पूरा गर्दै जान सरकार सहमत भएको छ ।

कर्मचारी प्रशासन नियमावली, २०६५ को अनुसूची – १२ लाई बढीमा तीन वर्षमा पुनरावलोकन गर्ने पनि सहमति जुटेको छ ।

यस्तो छ सहमति: