काठमाडौँ– नायिका जसिता गुरूङले कान्तिपुर टेलिभिजनमा प्रशारण हुने ‘इट्स माइ शो विथ ओसिन’ शोमा आफ्नो चरित्र हत्या गरिएको भन्दै आपत्ति जनाएकी छन् । यसअघिका कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरीले सो कार्यक्रमको सञ्चालन ओसिन सिटौलालाई सुम्पिएका थिए । ओसिनको पहिलो सो नै विवादमा तानिएको हो ।


ADVERTISEMENT


उक्त सोको पहिलो एपिसोडको अतिथिमा ओसिनले नायिकाद्वय स्वतिमा खड्का र साम्रज्ञी राज्यलक्ष्मी शाहलाई बोलाएकी थिइन् । कार्यक्रम अघि बढ्दै जाँदा उनीहरुले कार्यक्रममै नभएकी नायिका जसिता गुरुङको निजी जीवनको प्रसंगमा टिप्पणी गरेपछि सो एपिसोड विवादमा तानिएको हो ।


ADVERTISEMENT

# # #


नायिका जसिता गुरूङले कार्यक्रममा आफूलाई बदनाम गर्न खोजिएकोप्रति आपत्ति जनाएकी छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले नायिकाद्वय स्वस्तिमा खड्का, साम्राज्ञी आरएल शाह र कार्यक्रम प्रस्तोता ओसिन सिटौलामाथि गम्भीर प्रश्नहरू तेर्स्याएकी छन् । साथै उनले ‘मेरोबारे म आफैँले नबोले कसले बोल्छ ?’ भन्दै सोही पोष्ट डेलीमा समेत सेयर गरेकी छन् ।

कार्यक्रममा ओेसिनले साम्राज्ञीलाई नायक अनमोल केसीका दुई एक्स गर्लफ्रेन्डको नाम लिन भनेकी छिन् । जवाफ दिन नसके लुगा फुकाल्नुपर्ने ओेसिनको शर्त हुन्छ । स्वस्तिमाले सोचविचारबिनै दुई महिलाको नाम लिइदिन्छन् ।

स्मरणीय छ कि अहिलेसम्म अनमोलले कसैसित पनि आफ्नो प्रेम रहेको सार्वजनिक स्वीकारोक्ति गरेका छैनन् ।

स्वस्तिमालाई नै अर्को प्रश्न सोधिन्छः ‘पहिले धिरज मगरसँग डेट गरेकी र अहिले अनमोल केसीसँग डेट गरिरहेकी नायिका को हुन् ?’

यसमा पनि स्वस्तिमाले निर्धक्कसँग भन्छिन् ‘जसिता गुरूङ ।’ त्यसपछि साम्राज्ञीले खित्खिताउँदै थप्छिन्, ‘बीचमा प्रदीप खड्कासँग पनि हो ।’

यसरी खुलेआम रूपमा उनीहरूले कार्यक्रममा उपस्थित नै नरहेका तेस्रो व्यक्तिहरूमाथि उनीहरूको निजी जीवनमा असर पर्नेगरी टिप्पणी गरेका थिए । यसमा पहिलो प्रतिक्रिया जसिताबाट आएको हो । अब कार्यक्रममा नाम लिइएका अरूले पनि मुख खोल्ने सम्भावना छ ।

 

जसिताको पोष्टमा स्वतिमाले माफी माग्दै उक्त मजाकी गेमको प्रसंगमा आएको बताएकी छन् । जसितासंगको आफ्नो मित्रतालाइृ सम्झाउदैँ उनले भनेकी छन्, ‘तिमी मेरो राम्रो साथी हौं । मैले जे गरे त्यसको लागि फेरि पनि माफी चाहान्छु ।’

साथै अर्की नायिका साम्राज्ञीले पनि आफ्नो नियत महिलालाई एक्लो पार्ने कहिल्यै नरहेको बताउदैँ सो प्रसंग र्‍यापिड फायरको प्रसंगमा आएको र आफूले यस तर्फ नसोचेको बताएकी छन् । उनले पनि स्टाटस मार्फत माफी मागेकी छन् ।

यस्तै जसिताले आफ्नो पोष्टमा नायिका साम्राज्ञीले आफूलाई ब्लक गरेको पनि बताएकी छन् । हेरौं जसिताले पोष्ट गरेको स्टाटस स्टाटसको भावानुवाद :

मैले यस विषयमा बोल्नैपर्ने भयो । म यो कहिले बुझ्दिन कि किन मान्छेहरू राष्ट्रिय टेलिभिजनमा गएर कसैको व्यक्तिगत जीवनको बारेमा कुरा गर्छन् जब कि उनीहरूले त्यो व्यक्तिलाई राम्ररी चिनेका पनि छैनन् । यो अन्तर्वार्ता हेरिसकेपछि म साच्चिकै तिनै जनासँग दुःखी छु। के हामी साँच्चै एउटा महिलाले अर्को महिलालाई गिराउने दौडमा छौं रु व्यक्तिगत रुपमा मेरो तीमध्ये कसैसँग कुनै इस्यू छैन। सुरुदेखि नै, मैले उहाँहरूलाई राम्रो अभिनेत्री र होस्टको रूपमा उच्च सम्मान र प्रशंसा गरेको छु। के तपाइँहरुलाई थाहा छ कि तपाईहरु के बोल्दै हुनुहुन्छ र तपाईहरुको त्यो बोलीले कति जनाको जिन्दगीमा असर पर्छ रु

के तपाईंलाई थाहा छ मैले मेरो विगतमा के भोगेको छु रु के तपाईहरुलाई लाग्दैन कि तपाइँहरुले दिनुभएको अन्तर्वार्ता र समाचारहरु मेरो परिवारहरुले पनि हेर्नुहुन्छ भनेररु समाजमा महिलालाई हेर्ने कस्तो दृष्टिकोण बसाल्दै हुनुहुन्छ तपाईहरु रु कसैको व्यक्तिगत जीवनलाई सार्वजनिक रूपमा बदनाम र चर्चा गर्ने कारण के होरु ओसिन सिटौला, स्वस्तिमा खड्का, कान्तिपुर टिभी, र पक्कै पनि साम्राज्ञी (त्यसपछि उनले मलाई ब्लक गरिन्।)