काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्। काठमाडौँमा जारी पार्टीको १०औं राष्ट्रिय महाधिवेशनले नेपाललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।


ADVERTISEMENT


यसअघि अध्यक्षका लागि नेपालसहित पार्टीका सम्मानित नेता झलनाथ खनाल र घमश्याम भुसालले अध्यक्षका लागि दाबी गरेका थिए । अन्ततः उनीहरु पछि हटेसँगै नेपाल अध्यक्षमा चयन भएका हुन् । एमालेसँग विद्रोह गरी एकीकृत समाजवादी पार्टी खोलेका उनी यसअघि पनि अध्यक्ष थिए ।


ADVERTISEMENT

# # #


यस्तै महाधिवेशनले नेता घनश्याम भुसाललाई महासचिवमा सर्वसम्मत चयन गरेका छ । अध्यक्षको दाबीबाट पछि हटेपछि उनलाई महासचिव पाएका हुन् । यस्तै खनालले भने सम्मानित नेताका रुपमै चित्त बुझाएका छन् । पार्टीको बाँकी रहेका पद सचिवालयले टुंगो लगाउने बताइएको छ ।

गत असार १६ गतेदेखि काठमाडौंको कमलादीमा एकीकृत समाजवादीको १० औं महाधिवेशन चलेको थियो।