काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहेका विधेयकको अवस्थाका बारेमा चासो देखाएका छन् ।
संसद बिजनेसविहीन भएपछि सभामुख घिमिरेले विभिन्न समितिका सभापतिहरुसंग छलफल गर्दै समितिमा विचाराधीन रहेका विधेयकहरुको अवस्थाका बारेमा चासो देखाएका हुन् ।
उनले निरन्तर छलफल गरेर विचाराधिन रहेका विधेयकहरुलाई टुङ्गोमा पुराउन आग्रह गरेका थिए । छलफलपछि उद्योग समितिका सभापति अब्दुल खानले समितिमा रहेका विधेयकको अवस्थाका बारेमा सभामुखले जिज्ञासा राखेको बताए । त्यस्तै समितिमा रहेका समस्याहरुका बारेमा पनि सभामुखले जानकारी लिएको उनको भनाइ छ ।
त्यस्तै छलफलमा समिति सञ्चालनमा देखिएका समस्या, आर्थिक समस्या लगाएतका विषयमा पनि चर्चा भएको उनले बताए ।



























































