काठमाडौँ – संक्रमणकालीन न्यायसंग सम्बन्धीत विधेयक प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिबाट पारित भएको छ ।


ADVERTISEMENT


सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न वनेको विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको हो ।


ADVERTISEMENT

# # #


विधेयकमा सन्दर्भमा देखिएका विवादहरुलाई राजनीतिक दलले कार्यदल बनाएर सहमति गरेको थियो । विवादीय विषयहरुमा सहमति भएसंगै १८ वर्षपछि विधेयक अघि बढेको हो । बैठकमा समिति सभापति विमला सुवेदीले प्रतिवेदनको मस्यौदालाई प्रस्तुत गरिएको रुपमा नै पारित भएको घोषणा गरिन् । उनले समितिबाट पारित भएको विधेयकलाई संसदको अर्को बैठकमा पेश गर्ने गरि पत्राचार गर्ने बताइन् ।

त्यस्तै बैठकमा कानुनमन्त्री अजय कुमार चौरसियाले मानवअधिकारको उलंघनमा पिडितलाई न्याय दिने, गल्ती गर्नेलाई सजाय गर्ने लगाएतका विभिन्न सवालमा दलहरुबीचको सहमति महत्वपूर्ण रहेको बताए । उनले विधेयक पिडितमैत्री भएकाले न्याय दिने विश्वास व्यक्त गरे ।

त्यस्तै समिति सदस्यहरुले संक्रमणकालीन न्यायसंग सम्बन्धीत विधेयकमा सहमति जुट्नु निकै महत्वपूर्ण विषय भएकाले अब कार्यान्वयनमा ध्यान दिनुपर्ने धारणा राखेका थिए । रासस