काठमाडौँ – बेलायतको अनुदान र एडीबीको ऋणसहितको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । साउन २२ गते (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले एसियाली विकास बैंकबाट प्राप्त हुने २० मिलियन अनुदान तथा १० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय भएको जानकारी दिए ।
त्यस्तै बेलायत सरकारबाट प्राप्त हुने करिव ६ अर्व ५८ करोड रुपैया अनुदान सहायतासम्बन्धी समझदारी स्वीकृत गरिएको उनले बताए । प्रवक्ता गुरुङले सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानुन मन्त्रालयको सचिव र कानुन मन्त्रालयका सचिव फणीन्द्र गौतमलाई प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा सरुवा गर्ने निर्णय गरिएको जानकारी दिए ।
त्यस्तै सेनाका एक जना सहायक रथीलाई उपरथी पदमा, चार जना महासेनानीलाई सहायक रथी पदमा, एक जना प्रमुख सेनानीलाई महासेनानी पदमा र एक जना आक्टिङ महासेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ भने राष्ट्रिय सुरक्षा परिषदको राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका २०८० खारेज गरेको प्रवक्ता गुरुङले बताए ।



























































