काठमाडौँ– काठमाडौंको कमलादीमा सडक भाँसिएको छ ।
काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि टुकुचा खोला नजिकैको सडक भाँसिएको हो । सडक भाँसिएपछि सो क्षेत्रमा सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ ।
टुकुचा खोलाले सडकमुनी रहेको माटो बगाएपछि सडक भाँसिएको स्थानीयहरुको भनाइ छ । खोला छेउका सडकहरुलाई व्यवस्थीत तवरले निर्माण नगरेकाले पटक पटक सडक भाँसिने समस्या देखिने गरेको उनीहरुको भनाइ छ ।
वर्षायाममा काठमाडौंभित्रका सडकमा भासिने समस्या देखिने गरेको छ । यसअघि काठमाडौं नयाँ बानेश्वरकोबिच सडक भाँसिएको थियो ।
हेर्नहोस् भाँसिएको सडकको अवस्था तस्बिरमा
































































