काठमाडौँ– बागमति प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनली राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
नेपाल तेक्वाण्डो द्वारा सातदोबाटोमा आयोजित चौथो राष्ट्रिय महिला तेक्वाण्डो प्रतियोगितामा यस्तो धारणा व्यक्त हरेका हुन् । मन्त्री महर्जनले सरकारको कुल बज़ेटको १० प्रतिशत खेलकुदमा लगानी गर्नुपर्ने बताए ।
देशको प्रतिष्ठा जोगाउने खेलाड़ीहरु रोजगारीको निमित्त धमाधम विदेश पलायन भई रहेकोले राज्यले खेलाडीहरुलाई नेपालमै रोज़गारीको व्यवस्था गर्नु पर्ने मन्त्री महर्जनको भनाई रहेको छ। राष्ट्रको पहिचान गराउने भनेकै खेलाड़ीहरूले नै हो ।
तसर्थ राज्यले खेलकुद क्षेत्रमा लगानी गर्नुपर्ने उनले बताए। मन्त्री महर्जनले नेपीलमा भौतिक पुर्वाधार निकै कम रहेकोले सातै प्रदेशमा भौतिक पुर्वाधारमा वृद्धि ल्याउनुपर्नेमा जोड दिए । मन्त्री महर्जन खेलकुद ब्याकग्राउण्डबाट राजनिति क्षेत्रमा प्रदेश गरेका थिए ।
मन्त्री महर्जन खेलकूद् जगतका भीष्मपितामाको रूपमा परिचित छन् । त्यसैले उनलाई पार्टीले खेलकुद मन्त्रीको जिम्मेवारी दिएको थियो। मन्त्री महर्जनले खेलकुद मन्त्री जिम्मेवारी सम्हाले लगत्तै खेलाडीमा निकै खुशीयाली छाएको छ।




























































