काठमाडौँ – भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री नेपाल भ्रमणमा आउने भएका छन् । नेपालका परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा मिश्री साउन २७ गते (आइतबार) नेपालको औपचारिक भ्रमणमा आउने भएका हुन् ।


ADVERTISEMENT


उनी आइतबार र सोमबार (२ दिन) नेपाल भ्रमणमा रहने भारतीय विदेश मन्त्रालयले जनाएको छ । नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन् । साथै नेपाली समकक्षी सेवा लम्सालसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।


ADVERTISEMENT

# # #


विदेश सचिवको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने र भारतले आफ्नो छिमेकी पहिलो नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई प्राथमिकता दिएको कुरालाई झल्काउने भारतीय विदेश मन्त्रालयको भनाई छ ।

भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘भारत र नेपालले सदियौं पुरानो सभ्यता, सांस्कृतिक र जनता–जनताबीचको सम्बन्ध साझा गरेका छन् र हालका वर्षहरूमा नेपालमा उच्चस्तरीय आदानप्रदान र प्रमुख पूर्वाधार र कनेक्टिभिटी परियोजनाहरूमा निरन्तर गति लिएर दुई देशबीचको द्विपक्षीय सहयोग अझ सुदृढ भएको छ। परराष्ट्र सचिवको यो भ्रमण हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउने अवसर हुनेछ।’