काठमाडौं-नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत केन्याविरूद्ध नेपालले ३ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । बलिङमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन तथा ब्याटिङमा आरिफ शेख, रोहित कुमार पौडेल र पारस खड्काले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले डिभिजन टू को चौथों खेलमा नामिबियालाई हराउँदै दोस्रो स्थानमा यथावत रहेको हो ।


ADVERTISEMENT


१७८ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरे पनि कप्तान पारस खड्काको ४२ रन तथा आरिफ र रोहितको शानदार ब्याटिङ मद्दतमा केन्यालाई ३ विकेटले पराजित गर्दे तेस्रो जित हासिल गरेको हो । जितपछि नेपालले ४ खेलबाट ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । यस्तै समान ४ खेलबाट ६ अंक भएको क्यानडा राम्रो रन रेटका आधारमा समूहको शीर्ष स्थानमा छ । यता लगातार ३ हारपछि केन्या भने शीर्ष २ को होडबाट बाहिरिएको छ ।


ADVERTISEMENT

# # #


नेपालको जितमा सन्दीपले ५ विकेट लिए भने ब्याटिङमा रोहित पौडेलले सर्वाधिक ४७ रनको योगदान गरे। यस्तै कप्तान पारस र आरिफले समान ४२-४२ रन बनाए। आरिफ र रोहितले छैटौं विकेटका लागि ८७ रनको साझेदारि गरेका थिए ।

यस्तै सरद भेषवाकर १९ रनको व्यक्तिगत स्कोरमा आउट भए । ५७ बल खेलेका उनले १ चौका प्रहार गरे ।राष्ट्रिय टिममा डेब्यु गरेका अनिल शाह खाता खोल्न नपाउँदै आउट भएपछि नेपालले ८ रनमा पहिलो विकेट गुमाएको थियो ।

त्यसपछि १४ रन बनाउँदा नेपालले थप दुई विकेट खेर फाल्यो । ज्ञानेन्द्र मल्ल ९ रनमा आउट हुँदा दिपेन्द्रसिंह ऐरी एक रनमा पेभेलियन फर्किएका थिए । यो सँगै नेपाल विश्वकप छनोट खेल्न लगभग छनोट भएको छ । अब अन्तिम खेलमा क्यानडालाई जितेमा नेपालले समूह विजेता हुँदै विश्वकप छनोट खेल्न पाउनेछ ।