काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले महाशिवरात्रिका अवसरमा समस्त हिन्दू धर्मावलम्बीलाई आज शुभकामना दिनुभएको छ । शिवरात्रिका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन् । उनले यस्ता चाडपर्वले सम्पूर्ण नेपालीबीच बढ्ने आपसी विश्वास, सहमति र सहकार्यले मुलुकको समृद्धिमा प्रेरणा दिने पनि उल्लेख गरेका छन् ।


ADVERTISEMENT