काठमाडौं-नेपाली सेनाले आज विभिन्न कार्यक्रम गरि सेना दिवस मनाउँदै छ ।


ADVERTISEMENT


सेनाका परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछ । महाशिवरात्रीको दिनलाई नै सेना दिवसका रूपमा मनाउँदै आएको सेनाले सैनिक मञ्चमा परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजी लगायत विविध कार्यक्रम गर्दैछ ।


ADVERTISEMENT

# # #


मुलुकभर सैनिक मुख्यालय जङ्गीअड्डा मातहतमा रहेका पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना हुँदैछ । सेना दिवसको विशेष अतिथीका रुपमा भारतीय सेनाका प्रमुख विपिन रावत समेत हिजै काठमाण्डौं आएका छन् । यसैबीच सेना दिवसको अवसरमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेनाका सकलदर्जालाई शुभकामना सन्देश दिएका हुन ।

सन्देशमा समयानुकूल परिवर्तनलाई सहर्ष आत्मसात् गर्दै आएको नेपाली सेनाले सांस्कृतिक एवं सामाजिक सद्भाव तथा सहिष्णुता कायम राख्न तथा संविधान निर्दिष्ट कार्यको परिधिभित्र रहेर काम गरेको र त्यसमा सधैं तत्पर रहने उल्लेख छ ।