काठमाडौं – नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न नेता तथा कार्यकर्तालाई आह्वान गरेकी छिन् ।

बिहीबार काठमाडौंमा एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै भण्डारीले गत निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको धक्का अस्थायी भएको भनदै निराश नभई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न आह्वान गरेकी हुन् । उनले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने भएकाले आगामी दिनमा उत्साहका साथ अघि बढ्न आग्रह गरिन् । उनले आफू व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभई मातृ पार्टीको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पु¥याउन फर्किएको स्पष्ट पारिन् । आवश्यकताभन्दा मागका आधारमा कमिटीहरूलाई ठूलो र भद्दा बनाउने प्रवृत्ति अन्त्य गरी कमिटीलाई मानार्थ नभई कार्यकारी बनाउन, आलोचना र आत्मालोचनाको पद्धति अपनाउन तथा सादगी जीवनशैली अवलम्बन गर्न उनले नेता–कार्यकर्तालाई निर्देशन दिइन् । उनले युवापुस्तामा बढ्दो निराशा, बेरोजगारी र विदेश पलायन रोक्न जनसंगठनहरूले उद्यमशीलता विकास, बहस र रचनात्मक अभियान चलाउनुपर्ने धारणा राखिन् ।


ADVERTISEMENT

# #


भण्डारीले पार्टी शुद्धीकरण, जनसंगठन र जलवायु न्याय जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज)लाई भाषण र दस्तावेजमा मात्र सीमित नराखी दैनिक व्यवहार, निर्णय प्रक्रिया र संगठन सञ्चालनमा उतार्नुपर्नेमा जोड दिइन् ।