काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत यु होङले आज शिष्टाचार भेट गरेकी छन् ।


ADVERTISEMENT


राष्ट्रपति भवन, शीतलनिवासमा उनीहरूबीच भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउने सम्बन्धमा छलफल भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।  उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति रहेको बताइएको छ ।


ADVERTISEMENT

# # #