काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२७.३२ अङ्कले उकालो लागेर २ हजार ८ सय २३ दशमलव २५ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २२.९४ अङ्ले उकालो लागेर ५०३.८३ मा पुगेको छ । कूल ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर रु १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२ मा कारोबार भयो ।
नेप्सेका अनुसार, नेशनल हाइड्रोपावर, वेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
लक्ष्मी उन्नति कोष ४.७१, माईखोला हाइड्रोपावर ३.५९, एनआइसी एसिया फ्लेक्स १.८७, सनराइज फोकस्ड इक्विटी फण्ड १.८१ र सामुदायिक लघुवित्तका लगानीकर्ताले १.६१ प्रतिशतले गुमाएका छन् ।