काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली विरुद्व यतिबेला सामाजिक सञ्जालमा अनफ्लो ट्रेण्ड चलिरहेको छ । महानगर प्रमुख बालेन्द्र साहले प्रधानमन्त्री ओली र एमालेविरुद्ध अभिव्यक्ति दिदैँ उनले प्रधानमन्त्री ओलीलाई अरुको इशारामा चलेको आरोप लगाएका थिए ।
सोमबार सामाजिक सञ्जालमा मेयर शाहले प्रधानमन्त्री ओलीलाई आफ्ना कार्यकर्तालाई सामन्य ज्ञान दिएर राजनीतिमा लगाउन भन्दै चेतावनी दिएका थिए ।
‘ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाईंजस्तै अरुको इशारामा चल्ने हुनुपर्ला,’ बालेनले भनेका थिए । साथै उनले नाबालिगमाथि श्रम शोषण गर्ने प्रदेश सांसद रेखा कुमारी शर्मालाई कारवाही गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
याद रहोस् रेखा नेकपा एमालेबाट लुम्बिनी प्रदेशकी सांसद हुन् । उनविरुद्व एक नाबालगिमाथि श्रमशोषण गरेको आरोप छ, जसको उद्दार महानगरपालिकाले गरेको थियो । सांसद शर्मालाई कारवाहीको माग गर्दै बालेनले फेसबुकमा शर्माको फोटोसहित एक पोष्ट राखेका थिए । जुन अहिले फेसबुकबाट हटेको छ । जसमा बालेनले अदालतले ‘मुद्दा चलाउ’ को आदेश दिँदा समेत कुनै पनि कारवाहीको प्रक्रिया अघि नबढेको बताएका थिए । हेर्नुहोस् फेसबुकबाट हटाइएको बालेनको पोष्ट :
त्यसपछि हिजो पनि एक स्टाटस राख्दै बालेनले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीविरुद्ध दिएको अभिव्यक्ति फिर्ता नलिने बरु आफूलाई पक्राउ गर्न सरकारलाई चुनौती दिएका छन् ।
उनले लेखेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।’
त्यसलगत्तै बालेनका समर्थकहरु खरो रुपमा उत्रिदैँ सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीलाई अनफ्लो गर्ने ट्रेण्ड चलाएको हो । त्यसयता झण्डै ६ लाख ६६ हजार फ्लोअर्स भएका प्रधानमन्त्रीको फ्लोअर्स अहिले ५ लाख ९१ हजारमा सिमित भएको छ भने घट्ने क्रम अझै जारी छ ।
यता प्रधानमन्त्रीको फ्लोअस घट्दै गर्दा महानगर प्रमुख बालेनको फ्लोअस भने बढ्दै गएको छ । २ लाख फ्लोअस रहेका उनले बढेर २१ लाख पुगेको छ ।
खासमा भएको के हो ?
काठमाडौं महानगरले गत जेठ १४ गते एमाले नेतृ रेखा कुमारी शर्माको दाङस्थित घरेलु काममा लगाइएकी एक बालिकाको उद्धार गरेर ३ चरणको काउन्सिलङ गरेको बालेनले बताएका थिए । सोही काउन्सिलङका क्रममा बालिकाले त्यहाँ आएदेखि नै विगत ८ वर्षदेखि आफ्नो जैविक बाबुआमा नभेटेको, घरमा पोछा लगाउने, करेसाबारीमा काम गर्ने, खाना पकाउने लगायतका काम गर्नुपर्ने, केही काम बिगार्दा घरधनी रेखा कुमारी शर्माले लट्ठी र पाइपले पिट्ने गरेको, धम्की दिने गरेको भन्ने खुल्न आएको बालेको आरोप छ ।
हेर्नुहोस् मेयर साहको स्टाटस
जेठ २५ गतेदेखि नै प्रहरीसँग अनौपचारिक कुरा गरी उद्धार भएका बालबालिकाको मुद्दा एकीकृत रूपमा अघि बढाउने गरी तयारी हुँदै गर्दा प्रहरीबाटै सांसदविरुद्ध जाहेरी पर्न लागेको भन्ने सूचना चुहाएर महानगरको जाहेरीभन्दा अगावै रेखा कुमारी शर्माको फन्डिङमा नै बालिकाको बाबुको नाउँमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा हाल्न लगाएको आरोप बालेनको थियो।
यसरी जेठ २७ गते रेखा कुमारी शर्माले बालिकाको बाबुलाई प्रयोग गरी महानगरकाविरुद्धमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गरिएपछि मात्रै प्रहरीले रेखा कुमारी शर्मालाई विपक्षी बनाइ बालबालिका सम्बन्धी एन २०७५ को दफा ६६ को बालबालिका विरुद्धको कसुरको उपदफा २(ङ) र मुलुकी फौजदारी संहिता एेन २०७४ को दफा १६३ अन्तर्गतको दास बनाउन नहुने कसुरमा दायर गरेको जाहेरी दर्ता गरेको बालेनको भनाइ छ ।
पछिल्लो केही महिनायता मेयर शाहले प्रधानमन्त्री ओलीविरुद्ध श्रृंखलाबद्ध रुपमा टिप्पणी र आरोप लगाउँदै आएका छन् । कतिपय गम्भीर किसिमका विषयमा पनि शाहले ओलीमाथि आरोप लगाएका छन् । साथै उनले सांसद रेखाविरुद्व पनि कारवाही हुनुपर्नेमा जोड दिदैँ आएका छन् । यद्यपि यसबारे प्रधानमन्त्री ओलीले भने केही बोलेका छैनन् ।




























































