काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका सबै नेता तथा कार्यकर्तालाई पार्टीको साथ र भरोसा रहेको बताएका छन् ।
बुधबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा आयोजित भक्त बहादुर राना मगर श्रद्धाञ्जली सभामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले पार्टी, नेता र सवै मिलेर आउने समस्याको सामना गर्नुपर्ने जिकिर गरे ।
पार्टीप्रतिको विश्वास निष्ठा भक्त बहादुर राना मगरमा देखिएको उनले सुनाए ।



























































