काठमाडौँ – नेपाल टेलिकमले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ । टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको सार्वजनिक सूचनाको आधारमा शुक्रबारदेखि टिकटकमाथिको प्रतिबन्ध पूर्ण रुपमा हटाएको हो ।


ADVERTISEMENT


टिकटकको प्रयोग–पहुँचमा लगाइएको रोक हटेसँगै अब नेपाल टेलिकमका सेवाग्राहीले सहज तवरले उक्त सामाजिक सञ्जाल प्रयोग गरी लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


टिकटकमाथि लगाइएको प्रतिबन्ध नेपाल सरकारले भदौ ६ गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत फुकुवा गरेको थियो । उक्त निर्णय कार्यान्वयन गर्न सञ्चार मन्त्रालयले प्राधिकरणलाई सबै इन्टरनेट सेवा प्रदायकलाई प्रतिबन्ध फुकुवाका लागि गर्न निर्देशन दिएको थियो । सोही अनुसार नेपाल टेलिकमले टिकटक खुलाएको हो ।

यसअघि नेपाल सरकारले टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै २०८० कार्तिक २७ गतेबाट सामाजिक सञ्जाल टिकटकमाथि रोक लगाउने निर्णय गरेको थियो ।