काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत फाइनल प्रवेशका लागि चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा चितवन राइनोजले जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम रोयल्सले भने फिल्डिङ गर्ने भएको छ ।


ADVERTISEMENT

# #


आजको खेलमा सुदूरपश्चिमले दुई खेलाडी परिवर्तन गरेको छ । अविनाश बोहराको स्थानमा दीपक बोहरा तथा थनुका दबारेको स्थानमा फेबियन एलेन टोलीमा समावेश भएका छन् । चितवनले भने अघिल्लो खेलकै टोलीलाई निरन्तरता दिएको छ ।

आजको खेल जित्ने टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो भने चितवनले हिजो काठमाडौंलाई हराउँदै फाइनल प्रवेशको सम्भावना कायम राखेको थियो ।


ADVERTISEMENT

#
#


आजको खेल त्रिवि मैदानको दोस्रो नम्बरको पिचमा भइरहेको छ । यही पिचमा पोखरा एभेन्जर्सले यसअघि २०० रनभन्दा माथिको योगफल बनाएको थियो ।