काठमाडौं – नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक एवं प्रवक्ताको जिम्मेवारी सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हालेका छन् ।
श्रेष्ठले आजैदेखि औपचारिक रूपमा उक्त जिम्मेवारी सम्हालेका हुन् । यसअघि प्रवक्ताको भूमिकामा रहेका सहायक रथी राजाराम बस्नेतको प्रधानसेनापतिको सैनिक सहायकमा सरुवा भएपछि श्रेष्ठलाई नयाँ जिम्मेवारी दिइएको हो । बस्नेतले गत वर्ष असारदेखि नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
नेपाली सेनाको सूचना तथा सञ्चारसम्बन्धी गतिविधि सार्वजनिक गर्ने र संस्थागत धारणा सञ्चारमाध्यममार्फत सम्प्रेषण गर्ने जिम्मेवारी जनसम्पर्क तथा सूचना निर्देशनालयको रहने गरेको छ ।
























