काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नदी किनारबाट थप २० मिटर मापदण्डको फैसलाविरुद्ध पुनरावलोकन हुनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


पार्टीको बागमती प्रदेश कमिटीले सोमबार काठमाडौंमा आयोजना गरेको अदालती फैसलाबाट उत्पन्न उपत्यकाका नदी किनाराको जग्गा समस्या र समधान बिषयक अन्तक्रिया कार्यक्रममा अध्यक्ष नेपालले अदालतको फैसलाले जनतालाई निकै असर पर्ने देखिएकाले पुनरावलोकनमा जानुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


अदालतले पनि जनताको समस्यालाई मध्यनजर गर्दै उचित न्याय दिने उनको भनाइ छ । नेपालले राज्य वा कसैको कारणले जनतालाई समस्यामा पार्न नहुने र दिर्घकालीन योजना बनाएर समस्या समाधान गर्नुपर्नेमा जोड दिए । अध्यक्ष नेपालले समयमा नै कानून बनाउन नसक्दा र राज्य कमजोर हुँदा बेला बेला बिभिन्न समस्या देखापर्ने गरेको धारणा राखे ।

उनले कुनै पनि अवस्थामा नागरिकलाई घरवार बिहीन बनाउन नहुने बताए। आफुहरु अहिले प्रतिपक्षमा रहेकाले बोल्ने र दवाव दिनेमात्रै काम गर्ने भन्दै उहाले राज्यका निकायमा रहेका व्यक्तिहरुले काम गर्नुपर्नेमा जोड दिए ।