काठमाडौँ– संविधान सभाबाट नयाँ संविधान जारी भएको ९ वर्ष पूरा भएको छ ।


ADVERTISEMENT


सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । संविधान दिवसको अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगाएत सहभागी भएका थिए ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत बिभिन्न निकायबाट सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो । संविधान दिवसलाई उत्सवका रूपमा मनाउने क्रममा सेनाको हेलिकोप्टरबाट संविधान तथा राष्ट्रिय दिवस २०८१ लेखिएको व्यानर प्रदर्शन गरेको थियो । त्यस्तै रङ्गीचङ्गी बेलुन र शान्तिका प्रतीक परेवासमेत उडाइएको थियो ।सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए ।

काठमाडौँ, ३ असोज ः
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागी राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत । तस्बिरः प्रदीपराज वन्त / रासस

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सांस्कृतिक झाँकी प्रस्तुत गरिँदै । तस्बिरः प्रदीपराज वन्त / रासस

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सांस्कृतिक झाँकी प्रस्तुत गरिँदै । तस्बिरः प्रदीपराज वन्त / रासस

 

 

 

 

 

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा परेवा उडाउँदेै नेपाली सेना । तस्बिरः प्रदीपराज वन्त / रासस

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा परेड प्रस्तुत गर्दै नेपाली सेना । तस्बिरः प्रदीपराज वन्त / रासस

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा उडाइएको नेपाली सेनाको हेलिकप्टर र नजिकैको धरहराको दृश्य । तस्बिरः प्रदीपराज वन्त / रासस

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिँदै । तस्बिरः प्रदीपराज वन्त / रासस

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाको एक टुकुडीले प्रदान गरेको सलामी फर्काउँदै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिरः प्रदीपराज वन्त / रासस

काठमाडौँ, ३ असोज ः
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागी राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत । तस्बिरः प्रदीपराज वन्त / रासस

काठमाडौँ, ३ असोज ः संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागी राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत । तस्बिरः प्रदीपराज वन्त / रासस