काठमाडौँ – आईसीसी एकदिवसीय विश्वकप लिग–२ को क्यानडा सिरिजको तेस्रो खेलमा नेपालले घरेलू टोली क्यानडाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । क्यानडाको किंग सिटीस्थित क्रिकेट मैदानमा टस जितेर नेपालले ब्याटिङ राजेको हो ।
खेल नेपाली समय अनुसार राती ८ः४५ बजेदेखि सुरु हुँदैछ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजमा घरेलु टोली, नेपाल र ओमान खेल्दैछन् ।
पहिलो खेलमा क्यामडासँगै १०३ रनले हारेको नेपाल दोस्रो खेलमा ओमानसँग १ विकेटले पराजित भएको थियो । नेपाल क्यानडामा पहिलो जितको खोजीमा रहेको छ ।
क्यानडाविरुद्ध नेपालको अन्तिम-११
कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।
८ देश सहभागी लिग–२ मा नेपाल ५ खेलमा ४ हार र १ जित निकाल्दै २ अंकसहित सातौँ स्थानमा रहेको छ भने क्यानडा १० खेलमा ६ जित, ४ हारसहित १२ अंक बटुल्दै दोस्रो स्थानमा छ । यस्तै ८ खेल खेलेको नेदरल्याण्ड ६ जित र २ हार सहित १२ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा रहेको छ ।
लिग–२ मा प्रत्येक टोलीले होम, अवे र न्यूट्रल फर्म्याटमा ३६ वटा खेल खेल्नेछन् ।



























































