काठमाडौँ – नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशका अधिकांश भू–भागमा अत्यधिक वर्षाका कारण बाढी, पहिरो र डुवानमा परी भएको जनधनको ठूलो क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।


ADVERTISEMENT


शनिबार एक विज्ञप्ती जारी गर्दै सभापति देउवाले पीडितहरूको संवेदनशीलताप्रति नेपाली कांग्रेसकोतर्फबाट सहानुभूति प्रकट गर्दै यसबारे सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएका छन् ।


ADVERTISEMENT

# # #


उनले प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीन वटै तहका सरकारहरूले आवश्यक समन्वय र ब्यवस्थित योजना साथ सम्पूर्ण रुपले ध्यान केन्द्रीत गर्न आग्रह समेत गरेका छन् ।

उनले भनेका छन्, ‘सम्पर्क विहिनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरूलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न नेपाली कांग्रेसको तर्फबाट सरकारसँग आग्रह गर्दछु ।’

साथै उनले स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन समेत निर्देशन दिएका छन् । सभापति देउवाले विपत्तिको सामना संयम र एकतापूर्वक गर्न समेत आग्रह गरेका छन् । उनले प्राकृतिक प्रकोपमा जीवन गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना समेत प्रकट गरेका छन् ।