काठमाडौँ – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले प्राकृतिक विपदको विषम परिस्थितिमा नागरिकको सेवामा सरकार क्रियाशील रहेको बताएका छन् ।


ADVERTISEMENT


शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सिंहले विपद व्यवस्था समितिलाई क्रियाशील बनाएर नागरिकको उद्दार राहतमा केन्द्रीत रहेको बताएका हुन् । सरकारले गर्नुपर्ने उद्दार देखि राहतसम्ममा कुनै कमिकमजोरी हुन नदिने उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


त्यस्तै उनले प्राकृतिक विपदमा परेका नागरिकहरुको उद्धार, खोज, राहत र पुनर्स्थापनाका लागि प्रयाप्त सुरक्षाकर्मीहरु परिचालिन भइरहेको जानकारी दिए ।