काठमाडौँ – सरकारले अविरल वर्षाका कारण प्राकृतिक प्रकोपमा परेको नागरिकको उद्दार र राहतमा कुनै कमी हुन नदिने निर्णय गरेको छ ।


ADVERTISEMENT


कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा शनिबार सिंहदरबारमा बसेको आपतकालीन समन्वयात्मक बैठकले प्राकृतिक प्रकोपका घटनाप्रति दुख व्यक्त गर्दै नागरिकको उद्दार र राहतमा कुनै कमी हुन नदिने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


बैठकले प्राकृतिक प्रकोपमाबाट प्रभावितलाई आवश्यक राहत क्षतिपूर्ति दिने र घाइते भएकाहरुको निशुल्क उपचार गर्ने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वी सुव्वा गुरुङले जानकारी दिए ।

बर्षाका कारण परीक्षाहरु हाललाई स्थगित गर्ने , तत्काल अवरुद्ध भएका सडकहरु सञ्चालन ल्याउन पहल थाल्ने निर्णय समेत बैठकले गरेको उनले बताए । बैठकले अबरुद्ध भएका विद्युत, खानेपानी टेलिफोनको सूचारुका लागि पहल गर्न पनि निर्देशन दिएको जानकारी दिए ।

प्राकृतिक प्रकोपबाट समस्या परेकाहरुले उद्दार तथा राहतका लागि प्रधानमन्त्री कार्यालयको हटलाइन, नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरीलाई सम्पर्क आग्रह गरिएको प्रवक्ता गुरुङले बताए । उनले उद्दार तथा राहतका लागि राज्यका सबै निकाय क्रियाशील रहेको जिकिर गरे ।