काठमाडौं-रौटहटको गौर नगरपालिका ७ स्थित मुन्ना होटलबाट अटोमेटिक पेस्तोल सहित ३ जना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षिय मदनकुमार कुसाहा,२७ वर्षिय दिनेश कुसाहा र २७ वर्षिय अजयप्रसाद कुसाह छन् ।


ADVERTISEMENT


प्रहरीले उनीहरुको साथबाट एक थान अटोमेटिक पेस्तोल, एक थान कटुवा पेस्तोल र ३ राउण्ड एसएलआरको गोली बरामद गरेको छ । विषेश सूचनाको आधारमा आईतबार साझ प्रहरीले होटलमा चेकजाँच गर्दा हतियारसहित उनीहरू पक्राउ परेका हुन् ।


ADVERTISEMENT

# # #


कुनै ब्यापारीको अपहरण गर्न उनीहरू नेपाल आएको प्रहरीले अनुमान गरेको छ । पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

विरगन्जबाट पेस्तोल सहित एक युवक पक्राउ

पर्साको विरगन्ज उपमहानगरपालिका १३ तेजारथ टोलबाट प्रहरीले पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २८ वर्षिय अजितप्रसाद कुसाह छन् । आईतबार साँझ प्रहरीले नियमीत चेकजाँच क्रममा पेस्तोल र तीन थान म्यागेजिनसहित कुसाह पक्राउ परेका हुन् ।

पक्राउ परेका कुसाहलाई प्रहरी हिरासतमा राखि अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।