काठमाडौँ – काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा आयोजक नेपाल र भारत गोलविहीन बनेका छन् । आइतबार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफको समय सकिँदा दुवै टोली गोल गर्न असफल भएका हुन् ।
दुवै टोलीले केही मौका पाए पनि गोलमा परिणत गर्न सकेनन् । पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ ले हराउँदै बंगलादेश प्रतियोगिताको फाइनल पुगिसकेको छ । नेपाल र भारतबीचको विजेताले फाइनलमा उपाधिका लागि बंगलादेशसँग भिड्नुपर्ने छ ।
नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ ।