काठमाडौं-आज बस्ने भनिएको पार्टी एकता संयोजन समितिको बैठक नबस्ने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार आजको बैठकमा एमाले नेता माधवकुमार नेपाल अनुपस्थित हुनेभएकाले बैठक नबसिने भएको हो।


ADVERTISEMENT


पार्टीको काम विशेषले माधवकुमार नेपाल रौतहट गएको उनका स्वकीय सचीव नितेश पौडेलले जानकारी दिए । बैठक अब कहिले बस्ने भन्ने टुंगो लागेको छैन ।


ADVERTISEMENT

# # #


यसअघि शनिबार प्रधानमन्त्री केशी शर्मा ओलीको निजी निवास बालकोटमा एकता संयोजन समितिको बैठकको तयारी भन्दै प्रचण्ड र ओलीबीच डेढ घण्टा लामो भेटवार्ता भएको थियो ।