काठमाडौं – प्रधानमन्त्री केपी ओली आज बालुवाटारस्थित सरकारी निवासमा सर्ने भएका छन् । पारिवारीक सल्लाह र शुभसाइत निकालेर ओली बालुवाटार सर्न लागेका हुन् ।


ADVERTISEMENT


ओली अपराह्न ४ बजे प्रधानमन्त्री निवासमा सर्ने जानकारी उनी निकट स्रोतले दिएका छन् । प्रधानमन्त्री भएको तीनदिनपछि उनी बालुवाटार सर्न लागेका हुन् । उनी बिहीबार प्रधानमन्त्री भएका हुन्।


ADVERTISEMENT

# # #


निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार नै बालुवाटारस्थित सरकारी निवासबाट बुढानीलकण्ठस्थित आफ्नो निजी निवासमा सरिसकेका छन्।