जनकपुरधाम – मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा जसपा नेपालका नेता यादवलाई शनिबार प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका थिए ।
























