काठमाडौँ– उपप्रधानमन्त्रीको वरीयताक्रममा आफुलाई पहिलो स्थानमा नराखिएको भन्दै असन्तुष्ट बनेका गृहमन्त्री विमलेन्द्र निधि अबका मन्त्रिपरिषद् बैठकहरुमा पनि सहभागी नहुने भएका छन् ।


ADVERTISEMENT


विवाद नमिलेपछि राजीनामा दिने चेतावनी गरेका निधिले काङग्रस सभापति शेरबहादुर देउबाको आग्रहपछि राजीनामा नदिएपनि अबका मन्त्रीपरिषद्का बैठकमा सहभागिता नजनाउने भएका हुन् । उपप्रधानमन्त्रीको वरिष्ठता विवादका कारण अवरुद्ध हुँदै आएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दैछ । तर, गृहमन्त्री निधि भने सहभागी हुने छैनन् । मन्त्रीहरु सिंहदरबार जाँदा उनी भने निवासमै छन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री निकट स्रोतका अनुसार आजको बैठकले उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापालाई सरकारमा दोस्रो वरियता दिने पक्का जस्तै छ । निधिले पनि दोस्रो वरियता दाबी गर्दै आएका छन् । थापा मन्त्री हुनुअघिसम्म प्रचण्ड सरकारमा उनी नै दोस्रो वरियतामा थिए । थापाले पनि दोस्रो वरियता माग गरेपछि मन्त्रिपरिषद् बैठक समेत प्रभावित भएको थियो ।

अब कांग्रेस सभापति देउवाको सहमतिमा प्रधानमन्त्रीले उपप्रधानमन्त्री थापालाई दोस्रो वरियता दिँदैछन् । गृहमन्त्री निकट स्रोतले भन्यो, ‘यदि थापालाई दोस्रो वरियता दिइयो भने गृहमन्त्रीले राजीनामा त दिनुहुन्न तर, अबका मन्त्रिपरिषद् बैठकमा जानुहुन्न ।’