काठमाडौँ – नेपाल विद्यार्थी संठन (नेविसंघ)का अध्यक्ष नैनसिंह महरले ओली सरकारले कानुनी शासनको अवहेलना गरेको दाबी गरेका छन् ।


ADVERTISEMENT


राजधानीको नेपाल ल क्याम्पसमा आयोजित बृहत रक्तदान तथा चियापान कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । देउवा सरकारले मनोनयन गरेका ३ जना राष्ट्रियसभा सदस्यलाई हटाएर नयाँ सिफरिस गर्नु कानुनको वर्खिलापमा जाने क्रियाकलाप गरेको भन्दै उनले कानुनकोविरुद्धमा कोहि कसैले जान नहुने धारणा राखे ।


ADVERTISEMENT

# # #


नयाँ सरकारले राष्ट्रियसभा सदस्यमा मनलाग्दी हिसाबले नयाँ मानिस सिफरिस गर्नु लोकतन्त्र विरुद्धको षड्यन्त्र भएको उनको दाबी थियो ।

ओली सरकारले आजै दउवा सरकारले नियुक्त गरेका ३ जना राष्ट्रिय सभा सदस्यलाई हटाएर नयाँ नियुक्ती गरेको थियो ।