काठमाडौँ–जिल्लाको सरकारी वकिल कार्यालयमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बयान दिइरहेका छन् ।


ADVERTISEMENT


सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई बयानको लागि बिहीबार काठमाडौँ ल्याइएको थियो । सरकारी वकिलको कार्यालय काठमाडौँका उपन्यायाधिवक्ता फणीन्द्र कटुवालले लामिछानेको बयान लिएका छन् । आज बिहान करिब साढे ८ बजेदेखि रविको बयान लिइएको हो ।


ADVERTISEMENT

# # #


कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेसँग बयान लिइएको हो । लामिछानेविरुद्ध मङ्सिर २ मा काठमाडौँ प्रहरीले पक्राउ अनुमति पाएको थियो ।