विराटनगर– कोशी प्रदेशमा स्वीस सरकारको सहयोगमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना शुरु गरिएको छ ।
बिराटनगरमा आइतवार आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्र्की र नेपालका लागि स्वीस राजदुत डा. डानियेल म्युवलीले संयुक्त रुपमा पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको शुभारम्भ गगरेका हुन् ।
स्थानीय संस्कृतिको संरक्षण र प्रवद्र्धनका साथै पर्यटनको माध्यमबाट आयआर्जन र रोजगारी सिर्जना गर्ने उद्देश्यले शुरु गरिएको यो परियोजना अन्र्तर्गत करिब ४ सय किलोमिटरको ४ वटा पदमार्गमा पूर्वाधार निर्माण तथा पुनर्निर्माण गरिने बताइएको छ ।
नेपाल सरकारको १९ करोड ९२ लाख, कोशी प्रदेश सरकारको ४५ करोड ८७ लाख, स्वीस सरकारको १ अरब ३५ करोड १५ लाख र स्थानीय २९ वटा पालिकाको ४४ करोड ६७ लाख रुपैया गरी करिब २ अर्ब ४५ करोड ६१ लाख रुपैयाको लागतमा शुरु गरिएको यो परियोजनाबाट करिब ७८ हजार थप भारतिय, आन्तरिक र अन्तर्रााट्र्रय पर्यटक भित्रिने लक्ष्य राखिएको छ ।
शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पर्यटनको विकासबाट मात्र मुलुकको आर्थिक समृद्धि सम्भव भएकाले कोशी प्रदेशले पर्यटन विकासलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिए ।
स्वीस राजदुत डा. डानियेल म्युवलीले पर्यटन क्षेत्रबाट नेपालको जिडिपीमा ७ प्रतिशत योगदान पुर्याइरहेकोले यस क्षेत्रको विकासका लागि स्वीस सरकारले आर्थिक सहयोग गरिरहेको जनाए । २०८५ साउन सम्म लागू हुने सो परियोजनाका लागि पदमार्ग जोडिएका २९ वटा पालिकाहरु संग त्रिपक्षिय सम्झौता गरिएको थियो ।



























































