काठमाडौँ– गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजनाको सार्वजनिक निष्काशन हुने भएको छ ।


ADVERTISEMENT


आज एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजनाको रुपम एक अर्ब रुपैयाँ बराबरको “गरिमा समृद्घि योजना” २०८१ सार्वजनिक निष्काशन हुने जानकारी दिएको हो । उक्त निष्काशन पौष ७ गतेबाट हुने बताइएको छ ।


ADVERTISEMENT

# # #


नेपाल धितोपत्र बोर्डको स्वीकृति बमोजिम सार्वजनिक रुपमा निष्काशन हुन लागेको गरिमा समृद्घि योजनाको संक्षिप्त जानकारी देहाय बमोजिम रहेको छ :

योजनाको नाम : गरिमा समृद्धि योजना
योजनाको प्रकार: बन्दमुखी
योजनाको आकार: एक अर्ब रुपैयाँ
निष्काशन गर्न लागिएको इकाई संख्या: दश करोड रुपैयाँ
प्रति इकाई मूल्य: दश करोड रुपैया
कुल निष्काशन मध्ये न्यूनतम बिक्री हुनुपर्ने इकाई संख्या: पाँच करोड रुपैयाँ
कुल निष्काशन मध्ये अधिकतम सकारिने इकाई संख्या: १२ करोड पचास लाख रुपैयाँ
योजनाको अवधि: १० वर्ष
योजना बिक्री खुल्ला हुने मिति: २०८१ साल पौष ७ गते
योजना बिक्री बन्द हुने मिति (छिटोमा): २०८१ साल पौष ११ गते (बैंकिङ्ग समय पश्चात्)
योजना बिक्री बन्द हुने मिति (ढिलोमा): २०८१ साल पौष २१ गते (बैंकिङ्ग समय पश्चात्)
योजना परिपक्व हुने मिति/अवधि: योजनाको इकाई बाँडफाँट भएको मितिले १० वर्ष ।
सूचीकरण तथा दोस्रो बजार कारोवार व्यवस्था: इकाईहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत गरी कारोवारको व्यवस्था गरिने ।

कोष प्रवद्र्धकको नाम र ठेगाना : गरिमा विकास बैंक लिमिटेड, लाजिम्पाट, काठमाडौँ
योजना व्यवस्थापक तथा डिपोजिटरीको नाम र ठेगाना : गरिमा क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौँ ।
निष्काशन तथा बिक्री प्रबन्धकको नाम र ठेगाना : एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँ ।
कोष सुपरिवेक्षकको नाम तथा ठेगाना : १) श्री शंकर प्रसाद कोइराला, काठमाडौँ –०९, काठमाडौँ ।
२) श्री बाबुराम रेग्मी, वालिङ–०२, स्याङ्जा ।
३) श्री रामजी रेग्मी, टोखा–१०, काठमाडौँ ।
४) श्री जलेश्वर पाण्डे, मध्यपुर थिमि–०१, भक्तपुर ।
५) श्री अच्यूत राज जोशी, काठमाडौँ –०९, काठमाडौँ ।

गरिमा समृद्धि योजना सम्बन्धी विस्तृत जानकारी समावेश गरिएको स्वीकृत विवरण पुस्तिका गरिमा क्यापिटल लिमिटेड, कमलपोखरी, गरिमा विकास बैंक लिमिटेड, लाजिम्पाट, एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट र यी सबै वेबसाइट संगै नेपाल धितोपत्र बोर्डको बेवसाइट मा समेत उपलब्ध हुने जनाइएको छ ।