उदयपुर– उदयपुरको प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल बजेट अभावका कारण निर्माणको कार्य रोकिएर अलपत्र अवस्थामा पुगेको छ ।


ADVERTISEMENT


निर्माणाधीन विमानस्थलको काम लामो समय सम्म रोकिएपछिसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले उक्त विमानस्थलको स्थलगत अवलोकन गरे । मन्त्री पाण्डेले विमानस्थलको जग्गाको स्थलगत अवलोकन गर्दै सरकारसंग विमानस्थल निर्माणका लागि आवश्यक बजेट नहुँदा लामो समय देखी विमानस्थल निर्माणको काम रोकिएको बताए ।


ADVERTISEMENT

# # #


उदयपुरको प्रस्तावित सगरमाथा विमानस्थल निर्माणका लागि जग्गाको मुआव्जा समेत तिर्नु नपर्ने अवस्था रहेको, जग्गा प्राधिकरणका नाममा आइसकेको अवस्थामा समेत सरकारले बजेट सुनिश्चित गर्न नसक्दा निर्माणको कार्य सुचारु गर्न नसकिएको उनको भनाई छ ।

अब उदयपुरको प्रस्तावित सगरमाथा विमानस्थल निर्माणका लागी स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले लागत स्टमेट तयार गरेर बजेट विनियोजन गर्नु पर्नेमा उनले जोड दिए ।

त्यस्तै संघीय सांसद डा. नारायण खड्काले हजारौं रुख काट्न लगाएर, बातावरण बिगारेर अहिले विमानस्थल निर्माणको कार्य कुनैपनि बहानामा रोकिएमा जनता चुप लागेर नबस्ने बताए । सांसद खड्काले जग्गा प्रति र प्रस्तावित विमानस्थल भित्रका रुख कट्ने काम सकिसकेको भन्दै अब यो वा त्यो बहानामा विमानस्थल निर्माणको कार्य रोकिए सयौं जनता लिएर आफु मन्त्रालय र नागरिक उड्यान प्राधिकरण घेराउ गर्न काठमाडौँ पुग्ने चेतावनी दिए ।

नागरिक उड्यान प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारीले उदयपुरको प्रस्तावित सगरमाथा विमानस्थल बातावरण लगायतका सबै खाले बिषयले उपयुक्त रहेको भन्दै आफुहरुले बजेट पाए तत्काल काम सुरु गर्ने स्पष्ट पारे ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १ र २ को सामुदायिक वन क्षेत्रको १५७ हेक्टर वन अधिग्रहण गरि करिव २६ प्रजातिका ३ हजार रुख कटान गरि प्रस्तावित सगरमाथा विमानस्थल निर्माणको कार्य सुरु गरिएको भएपनि पछिल्लो समय करिव १५ हजार रुख कटान पश्चात विमान स्थल निर्माणको काम पूर्ण रुपले रोकिएको छ ।