काठमाडौं–उच्च रक्तश्रावले बेहोस भएकी एक सुत्केरीको उद्धार गरिएको छ । हिजो बिहान ७ बजे बच्चा जन्माएपछि एक्कासी बेहोस भएकी चंखेली गाउँपालिका २ की सुन्दरी कामीलाई हेलिकप्टरबाट नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा पु¥याइएको छ ।


ADVERTISEMENT


बच्चा जन्माएकी सुन्दरी एक्कासी बेहोस भएको र अहिले सम्म होसमा नआएको चंखेली गाँउपालिका २ का स्थानियबासी मक्क सुनारले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


उनले भने गाँऊमा बेहोस भएपछि चंखेली गाउँपालिका अध्यक्ष धनलाल चौलागाई र स्थानिय प्यारी लाल शाहीले जिल्ला प्रशासन कार्यालय हुम्लामा जानकारी दिएको सुनारले बताए ।

जिल्ला स्थित सरोकारवालाहरु निकायहरुको पहलमा चंखेली गाउँपालिका २ की सुन्दरी कामीलाई हेलिकप्टरबाट उद्धार गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय र चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाई, स्थानियबासी प्यारी लाल शाही र पुर्व साँसद रिता शाहीको संंयुक्त पहँलमा उच्च रत्तश्राव भएकी सुन्दरी कामीलाई हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्ज भेरी अञ्चल अस्पताल पु¥याइएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

प्रजिअ शर्माले गाँऊबाट स्थानियहरुले खबर पठाएपछि गृहमन्त्रालय, क्षेत्रिय स्वास्थ्य,कार्यालय सुर्खेतमा समेत खबर गरेको उनको भनाई छ ।