काठमाडौं–वाइसियल नेपाल जिल्ला कार्यसमिति काठमाडौंले आर्थिक अवस्था कमजोर भएका जेहेन्दार एक जना विद्यार्थीलाई निःशुल्क एमबीबीएस पढाउने निर्णय गरेको छ । गरीब, विपन्न र आर्थिक अवस्था कमजोर भएका १ जना जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाउने निर्णय गरिएको वाइसियल जिल्ला कार्यसमिति काठमाडौंका अध्यक्ष शिशिर लामाले जानकारी दिएका छन् ।


ADVERTISEMENT


उनले यसै शैक्षिक सत्रदेखि एक जनालाई एमबीबीएस पढाउने र त्यसका लागि लाग्ने सम्पूर्ण खर्च संगठनले बेहोर्ने निर्णय गरिएको जानकारी दिए । गरीब तथा विपन्न समूदायका जेहेन्दार विद्यार्थीलाई चिकित्साशास्त्र अध्ययनको चाहना पूरा गर्नको लागि वाइसियल माध्यम बन्न खोजेको भन्दै उनले इच्छुक विद्यार्थीलाई वाइसियलको काठमाडौं जिल्ला कार्यालयमा सम्पर्क गर्न आग्रह गरे ।


ADVERTISEMENT

# # #


उनका अनुसार सम्पर्कमा आउने मध्येबाट विपन्न र सबैभन्दा जेहेन्दार विद्यार्थीको चयन गरिने छ । पहिलो चरणमा एक जनालाई पढाउन लागिएको र आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिँदै लैजाने योजना रहेको पनि लामाले सुनाए ।- आजको रातोपार्टीबाट