काठमाडौं–दुइवटा बैंक खातामा ९/९ लाख रुपैयाँ भेटिएपछि प्रहरीद्धारा खाता रोक्का गरिदिएको छ । बलात्कारपीडित बालिकाकै आमाको बैंक खातामा १८ लाख रुपैयाँ जम्मा भएको फेला परेको छ ।


ADVERTISEMENT


दुईवटा बैंकका खातामा ९/९ लाख रुपैयाँ भेटिएको हो । प्रहरीले यसअघि विचौलिया नै रकम लगेर फरार भएको दावी गरे पनि पीडित बालिकाकी आमाको नामको खातामै रकम भेटिएको छ ।


ADVERTISEMENT

# # #


मितेरी डेभलमपेन्ट बैंक र एनएमबी बैंकमा पुस २४ को मितिमा रकम जम्मा भएको देखिएको छ । पीडित बालिकाका नाममा इटहरी उपमहानगरपालिका १९ को बरमपुरमा ७ लाख बराबरको जमि किनेको पनि फेला परेको छ ।

पुष १८ गते प्रहरी कार्यालयमै बलात्कार घटनाको मिलपत्र भए पनि लेनदेन भने बाहिर अर्कै कागज गरेर भएको स्रोतले बतायो ।-आजको कान्तिपुरबाट

प्रतिकृया

प्रतिकृया