काठमाडौं–बलिउड नायिका श्रीदेवीको हृदयघातका कारण मृत्यु भएको छ । ५४ वर्षीया उनी श्रीमान् बोनी कपुर र कान्छी छोरीसँग आइतबार विवाह कार्यक्रममा सहभागी हुन दुबई पुगेकी थिइन् । श्रीदेवीको अचानक मृत्युको खबरले बलिउड जगतका प्रसंशक स्तब्ध भएका छन् । श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो ।


ADVERTISEMENT


हिन्दी सिनेमा जगतमा श्रीदेवीको निकै ठूलो योगदान छ । सन् १९६३ तमिलनाडुको शिवकाशीमा जन्मेकी श्रीदेवीले हिन्दीका साथै तेलुगु, तमिल, कन्नड र मलायमी फिल्ममा पनि काम गरेकी छिन् । सन् २०१२ का उनले इंगिलश–विंगलिशमार्फत बलिउडमा कमब्याक गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


चार वर्षको उमेरमा करियरको सुरुवातः
श्रीदेवीले चार वर्षको उमेरदेखि फिल्ममा काम गर्न सुरु गरेकी थिइन् । उनले सन् १९६७ मा एक बाल कलाकारको रुपमा फिल्म थनिवानमार्फत आफ्नो फिल्मी करियरको सुरुवात गरेकी थिइन् । करियरको सुरुमा नै उनले मलयालम फिल्म पूमबत्ताका लागि केरला स्टेट फिल्म अवार्डबाट सम्मानित गरिएको थियो । करियरको सुरुवातमा उनले थुप्रै तमिल तेलगु र मलायलम फिल्ममा काम गरिन् जसका लागि उनले थुप्रै अवार्डसमेत हासिल गरिन् ।

श्रीदेवीले बलिउडमा प्रवेश सन् १९७८ को फिल्म सोलहवां सावनमार्फत गरेकी थिइन् तर उनले सन् १९८३ को फिल्म हिम्मतवालाबाट चर्चा बटुलेकी थिइन् । यस फिल्ममा उनीसँगै अभिनेता जितेन्द्रले काम गरे । उक्त फिल्म ब्लकबस्टर भयो । त्यसपछि श्रीदेवीले जितेन्द्रसँग थुप्रै फिल्ममा काम गरिन् । उनले सदमा, नागिन, निगाहें, मिस्टर इन्डिया, चालबाज, लम्हे, खुदा गावाह र जुदाइ फिल्ममा अभिनय गरिन् । उनले आफ्नो जीवनकालमा पाँचवटा फिल्मफेयर अवार्ड पाएकी छिन् । श्रीदेवीलाई सन् २०१३ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो ।

बोनी कपुरसँग विवाहः
श्रीदेवीले फिल्म निर्माता बोनी कपुरसँग सन् १९९६ मा विवाह गरेकी थिइन् । फिल्म मिस्टर इन्डिया (सन् १९८७) को सुटिङको क्रममा उनीहरुबिच प्रेम झांगिएको थियो । उनका दुई छोरी जान्ह्वी र खुसी छन् ।